Dieffenbachia plant भनेर चिनिने घरभित्र सजाउटका लागि राखिने सुन्दर पात भएको बिरुवा हो। हेर चार गर्ने तरिका
घाम: प्रत्यक्ष चर्को घाम होइन उज्यालो तर छाया युक्त ठाउँमा राम्रो हुन्छ।
पानी: माटो अलि सुक्न थालेपछि पानी हाल्ने धेरै पानीले जरामा को मल कुहिने समस्या हुन्छ।
माटो: पानी सजिलै नजमने हल्का र मलिलो माटो राम्रो हुन्छ।
मल: महिनामा एकपटक हल्का जैविक वा तरल मल दिन सकिन्छ।
विरुवा निकाल्ने समय: सामान्यतया फागुनदेखि असार को बीचमा निकाल्न उपयुक्त हुन्छ।
स्वास्थ्य डाँठको चार देखि छ इन्च भाग काट्ने काटेको भाग एक दुई घण्टा सुक्नदिने त्यसपछि माटोमा वा पानीमा राख्ने केही हप्तामा जरा आउन थाल्छ।
ध्यान दिनुहोस्: यसको रस छालामा लाग्दा जलन हुन सक्छ चिलाउन सक्छ र काट्दाखेरि हातमा ग्लोबस लगाउनुहोस्। र सकेसम्म सानो बच्चादेखि टाढा राख्नुहोस्।